Logo
६ आश्विन २०८१, आईतबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेश सरकार गठनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेलोस् : एमाले

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठुलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए ।

उनले प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेस समाधानको बाटोमा जानुपर्ने बताए । प्रदेशको हित र संविधानको रक्षामा कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरू मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए । उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शङ्का चिनियाँहरूले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्