Logo
६ आश्विन २०८१, आईतबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले जारी गरेको नक्साबारे गम्भीर छु, नेपालको कुरा प्रस्टसँग राख्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत २१ अगस्टमा उत्तरी छिमेकी चीनले जारी गरेको नक्सालाई लिएर आफू गम्भीर रहेको बताएका छन्।

असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित बैठकमा उनले यस्तो बताएका हुन्।

चीनले जारी गर्‍यो नयाँ नक्सा, पूरै अरुणाचल र दक्षिण चीन सागरमा दाबी नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर देखिने गरी चीनले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि विरोध भइरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।

बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए। उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको जवाफ दिएका हुन्।

‘यसबारेमा म गम्भीर छु, नेपालको पारित भइसकेको नक्साबारेमा प्रस्ट पारिसकेको छु’, उनले भने, ‘हामीले संसद्‍बाट जारी गरेको नक्साको छिमेकीहरुले सम्मान गर्नुपर्ने कुरा प्रस्ट पारिसकेका छौँ। तपाईंहरुको सुझावलाई मनन गर्दै यसबारेमा थप कुरा राख्नेछु।’

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्