Logo
६ आश्विन २०८१, आईतबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्छ : शशाङ्क कोइराला

नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए ।

राजदूत सोङ्ले गएको शनिबार ‘नेपाल–चाइना हिमालय फ्रेन्डसिप नेपाल’ नामक गैरसरकारी संस्थाको कार्यक्रममा भारतको छिमेकी नीति मैत्रीपूर्ण नभएको तर्क दिँदै उसको नीति नेपालका लागि हितकार नभएको टिप्पणी गरेका थिए ।

कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौँमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरीत हुने बताए । उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउँदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए ।

उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठुलो समस्यामा पर्ने बताए । उनले आफू बर्सात सकिए लगतै देश दौडाहामा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।

डा कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे । सरकारले कृषिमा बजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने उनको भनाइ छ ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्