Logo
६ आश्विन २०८१, आईतबार
(September 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रेड युनियन अधिकारबारे भइरहेको व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन अधिकारको अहिले भइरहेको व्यवस्थालाई कुनै परिवर्तन नगरेको प्रस्ट पारेका छन् ।

शुक्रबार २० औं निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास दिलाएका हुन् ।

उनले सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे ।

‘यहाँ ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौ’, प्रचण्डको भनाई छ । यद्यपि उनले प्रशासनलाई बलियो बनाउने संहिताबारे भने सबैले विचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: Sep 8, 2023

प्रतिक्रिया दिनुहोस्