Logo
६ आश्विन २०८१, आईतबार
(September 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा

राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राणाले रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको आफ्नै आँखाले देखेको भन्दै सो व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

उनले राप्रपा हिंसाको राजनीतिमा विश्वास नगर्ने समेत बताए । ‘राप्रपा हिंसाको राजनीतिप्रति कहिल्यै विश्वास गर्दैन । यो विषय प्रस्टै होस् कि त्यो आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा कुनै प्रकारले संलग्न थिएन । र उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ’, राणाको भनाइ छ ।

प्रकाशित मिति: Sep 7, 2023

प्रतिक्रिया दिनुहोस्