Logo
६ आश्विन २०८१, आईतबार
(September 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी सधैँ गठबन्धनको पछि लाग्दैनौँ : झलनाथ खनाल

एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले अव आउने चुनावमा पार्टीले देशव्यापी भाग लिने र सधैँ गठबन्धनको पछि नलाग्ने बताएका हुन् ।

‘अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ । तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं’, खनालले भने, ‘नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ ।’ उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: Sep 6, 2023

प्रतिक्रिया दिनुहोस्