Logo
६ आश्विन २०८१, आईतबार
(September 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।’

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘

प्रकाशित मिति: Sep 4, 2023

प्रतिक्रिया दिनुहोस्