Logo
६ आश्विन २०८१, आईतबार
(September 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमिअधिकार तथा श्रमिक सङ्गठनको अध्यक्षमा यादव निर्वाचित

नेकपा एमाले निकट भूमिअधिकार तथा श्रमिक सङ्गठन नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले सत्यनारायण यादवलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार महोत्तरीमा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा ४५ सदस्यीय मधेश प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा वलबहादुर बस्नेत र सुनिता लोहनी चयन गरेको भ भने सचिबमा प्रदीपकुमार लामा, उपसचिवमा जगदीश यादव र कमल राना तथा कोषाध्यक्षमा मीनाकुमारी महरालाई चयन गरेको छ ।

नेकपा एमाले सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

प्रकाशित मिति: Sep 4, 2023

प्रतिक्रिया दिनुहोस्