Logo
६ आश्विन २०८१, आईतबार
(August 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो, उपभोक्ता लाभान्वित हुने विश्वास

भारत सरकारले घरेलु ग्यास सिलिण्डरको मूल्यमा भारी कटौती गरेको छ । उपभोक्ताहरुलाई राहत दिने उद्देश्यले १४.२ किलोको ग्यास सिलिन्डरमा एकै पटक दुई सय रुपैयाँ घटाएको हो ।

घटाइएको मूल्य रक्षाबन्धनको दिनबाट लागु हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट (एक्स) गर्दै जानकारी दिएका छन्। यो निर्णय प्रधानमन्त्री मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले बताए ।

उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४.२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर १ हजार १०३ रूपैयाँबाट घटाएर ९०३ रूपैयाँमा झार्नेछ।

ठाकुरले भने, “यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर २०० रुपैयाँको विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ ।”

सरकारले चाँडै गरीब परिवारका ७५ लाख महिलाहरुलाई पीएमयूवाई कनेक्सन वितरण सुरु गर्ने पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: Aug 30, 2023

प्रतिक्रिया दिनुहोस्