Logo
६ आश्विन २०८१, आईतबार
(August 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भावमा खलबल पार्ने र एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट नदिने बताएका छन् ।

संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उनले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको स्पष्ट पारे ।

परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको प्रधानमन्त्री दाहालले बताए ।

प्रकाशित मिति: Aug 29, 2023

प्रतिक्रिया दिनुहोस्