Logo
६ आश्विन २०८१, आईतबार
(August 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले गरेका सुशासनका कामले प्रतिक्रियावादीहरु विक्षिप्त भए : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले थालेको सुशासनको कामबाट प्रतिक्रियावादीहरु विक्षिप्त भएर सरकार र माओवादी नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा भएको ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा नक्कली भुटानी, शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिनाको छानबिनलगायतका तस्करी नियन्त्रणको प्रयासमा सरकार लागेपछि प्रतिगामीहरू अत्तालिएको बताएका हुन् । उनले सरकारले थालेका यस्ता कामहरूले नै समाजवादको आधार तयार पार्ने भन्दै उनले सरकारले थालेको सुशासनको काम त्यतिकै नरोकिने दाबी समेत गरे ।

‘यो यतिकैमा रोकिनेवाला छैन यो क्रमशः अघि बढ्छ’, प्रचण्डले भने, ‘यो देखेर अतिवादीहरू विक्षिप्त भएका छन् । नेतृत्व र सरकारलाई बदनाम गर्ने षड्यन्त्र भएका छन् तर उनीहरू जनतामा भने गिर्दै गएका छन् ।’

प्रचण्डले पार्टीको चौथो केन्द्रीय समितिको बैठकबाट समाजवादी क्रान्तिको अभियानको सुरुवात भएको पनि बताए । ‘माथिबाट सुरु गरिएको छ । पार्टी वा सरकारको नेतृत्वको हैसियतले माथिबाट मैले समाजवादी क्रान्तिको ब्याटल सुरु गरेको छु’, प्रचण्डले भने, ‘अव त्यो ब्याटलमा तपाईहरु सहभागी हुने हो होइन ? तपाई हामी सबैले फैसला गर्नुपर्छ ।’

उनले पार्टीले थालेको अभियान पनि पहिला जस्तो त्यसै नहराउने भन्दै यसले निरन्तरता पाउने बताए ।

‘यो रूपान्तरण अभियान पार्टीभित्रको लामो समय देखिको अन्योल विवाद र आशका अन्त्य गरेर नयाँ क्रान्तिको नयाँ रूपान्तरणको थालनी हो । तपाई हामी सबै अव समाजवादका निर्माता हुने ढङ्गले पार्टी केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो’, प्रचण्डको भनाइ छ ।

उनले अभियानअन्तर्गत जनतामा भरोसा र जागरण ल्याउन नसके ‘भ्याकुम’ पैदा हुने र गलत विचार प्रवृत्तिले उठ्ने मौका पाउने खतरा भएकाले त्यसलाई रोक्ने तागत माओवादीसँग मात्रै रहेको बताए ।

प्रकाशित मिति: Aug 29, 2023

प्रतिक्रिया दिनुहोस्