Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेलको उम्मेदवारी

प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही क्रममा सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् ।

संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ ।

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्