Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन एवं सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिरुवामा जल सिंचित गरेर उद्घाटन गरेका थिए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

‘हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रूपमा यो अभियानलाई सुरु गरिएको हो’, प्रधानमन्त्री प्रचण्डले बताए ।

हरियाली प्राकृतिक कृषि अभियान चलाउने अभियान सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताए ।

उनले भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको जानकारी दिँदै प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र ठाउँको अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।

 

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्