Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानले उम्मेदवारी दिने

प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खानले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति अनुसार खानले सभापति पदमा उम्मेदवारी दिन लागेका हुन् ।

समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीले सभापति पदमा गणेश पराजुलीलाई उम्मेदवार बनाउँदै छ ।

मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदैछ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रियाअघि बढेको हो ।

 

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्