Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले कर थपेपछि रोकियो प्याजको आयात, व्यपारी भन्छन्,- ‘सबै पसलमा प्याज सकिए’

छिमेकी मुलुक भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि यतिबेला व्यापारीहरुले प्याज आयात रोकेका छन् । व्याजको आयात नै नभएपछि अहिले कालिमाटी लगायतका मुख्य बजारमा नै प्याजको अभाव खड्किन लागेको बुझिएको छ ।

भारतले भदौ ११ गतेदेखि आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो । त्यसयताका केही दिनहरुमा छिटफुट कारोबार भएको भएपनि अहिले पसलहरुमा नै प्याज अभाव हुन थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा ८० वटा आलु प्याजका पसल भएतापनि ‘सबै पसलमा प्याज सकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आबद्ध एक व्यक्तिले जानकारी दिए । प्याज नभएपछि मूल्य तोक्ने कुरै नभएको उनी बताउँछन् ।

कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन् ।

प्रकाशित मिति: Aug 23, 2023

प्रतिक्रिया दिनुहोस्