Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगञ्ज- इनरूवा सडक खण्डको अवस्था जीर्ण, सम्बन्धित निकाय माैन

सुनसरीकाे देवानगञ्ज गाउँपालिका देखि सुनसरीको सदरमुकाम जाेड्ने मुख्य सडककाे अवस्था जीर्ण बन्दा आवतजावतमा सास्ती खेप्नुपरेको छ । वर्षाै देखि सडक जीर्ण अवस्थामा रहेपनि सम्बन्धित निकायले चासो नलिएको कारण सडकको अवस्था जीर्ण रहेको छ ।

दैनिक कामकाजकाे लागि आवतजावत गर्नेहरुलाई सास्ती खेप्नु परिरहेको भएपनि स्थानीय सरकारले कुनै चासो नदिएको गुनासो बाहिरिएको छ ।

स्थानीय सरकारको लापरबाहीको कारण सडक मर्मत नभएको र विद्यार्थी, किसान र आवतजावत गर्ने सर्वसाधारणहरुको समस्या भइरहेको छ ।

वर्षाै पुरानो सडक भएकोले कालोपत्रे उपकिएकोले सडकमा गाडी चलाउन चुनाैती पुर्ण भएको सर्वसाधारणहरुको भनाइ छ । नागरिकलाई सास्ती खेप्नु पर्दा समेत तिनै तहका सरकार गैरजिम्मेवार र लाचार रहेको देखिएको छ ।

जनताकाे हकहितका लागि काम गर्न निर्वाचित भएका जनप्रतिनिधिहरू कमाउधन्धामा लिप्त भएकोले विकास निर्माणको काम ठप्प रहेको स्थानीयहरु बताउँछन् ।

विगतमा काङ्ग्रेसबाट सिताराम मेहताले पटक-पटक चुनाव जितेपनि विकास निर्माणको काममा सकारात्मक भुमिका खेल्न नसकेका कारण यस पटक भने विकल्पमा एमालेका उम्मेदवार भीम आचार्यलाई निर्वाचित गराएका छन् । प्रदेश र केन्द्रमा समेत एमालेका उम्मेदवारलाई निर्वाचित गराएको स्थानीयहरु अहिले गुनासो पोख्दै रुष्ट बनेका छन् ।

काङ्ग्रेसको विकल्पमा एमाले खोजेको स्थानीयहरुले एमालेबाट पनि विकास सम्भव नरहेको गुनासो पोख्छन् । यस क्षेत्रमा एमालेबाट केन्द्रमा भिम अचार्य सांसद छन् भने प्रदेश सभा सदस्यमा राप्रसाद मेहता चुनाव जितेर गएपनि नेताहरूकाे जीवन सुखमय भएकाे तर जनताले सास्ती मात्र खेपिरहेकाे बताउँछन् ।

गत निर्वाचनमा सोही सडककाे एजेण्डन लिएर भाेट मागेका अचार्य र मेहता यतिवेला यस सडकको बारेमा कुनै पनि चासाे नदिएको कारण स्थानीयहरु आक्रोशित बनेका छन् ।

चुनावमा विजयी हुन र सांसद, मन्त्री बन्न यस क्षेत्रका जनतालाई मात्र प्रयाेग गर्ने र विकासकाे नाममा जनतालाई ठग्ने बाहेक अरू केहि नगरेकाे स्थानीयहरुको भनाइ रहेका छन् ।

सडक निर्माण नगरेपनि तत्काल बाटाे मर्मत गरेर भएपनि जनताकाे जीवन यापन सहज गर्न सरकार अग्रसर हुनुपर्ने स्थानीय युवाको भनाइ छ ।

प्रकाशित मिति: Aug 23, 2023

प्रतिक्रिया दिनुहोस्