Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुल पसेको भैंसी डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइयो

बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरेपछि ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी बेहोस भएको थियो । उक्त भैंसीलाई अहिले वन र सुरक्षाकर्मीसहित टोलीले नियन्त्रणमा लिएको छ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो ।

भैंसीले क्षति पुर्‍याउन सक्ने भएकाले आज बिहानभर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरेको थियो ।

उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो ।

त्यसपछि भेटेरिनरी डाक्टरसहित वन अधिकृतको टोली विद्यालय परिसरमा पुगेको थियो । यसअघि काठमाडौं उपत्यकाका वस्तीहरुमा प्रवेश गर्ने चितुवाहरुलाई पनि यही टोलीले नियन्त्रणमा लिने गरेको थियो ।

प्रकाशित मिति: Aug 23, 2023

प्रतिक्रिया दिनुहोस्