Logo
६ आश्विन २०८१, आईतबार
(August 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी थिए ।

श्रेष्ठलाई राष्ट्रपति पौडेलले सोमबार नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति: Aug 22, 2023

प्रतिक्रिया दिनुहोस्