Logo
६ आश्विन २०८१, आईतबार
(August 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार प्रकरणहरुलाई जनस्तरमा लैजाने र तल्लो कमिटीसम्मलाई परिचालन गर्ने राप्रपाको निर्णय

राप्रपाले भ्रष्टाचार प्रकरणहरुलाई जनस्तरमा लैजाने र त्यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, क्विन्टल सुन प्रकरण जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

बैठकलेअध्यक्ष राजेन्द्र लिङ्देन पार्टी आबद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशनमा सहभागी हुन मंगलबार एकसाताका लागि त्यसतर्फ प्रस्थान गर्ने भएकाले वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

साथै बैठकले भूगोल केन्द्रीत जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको समिक्षा गरेको छ।

भूगोल केन्द्रीत कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको बैठकले निश्कर्ष निकाल्दै यसलाई अभियानको रुपमा अझ व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने निर्णय गरेको श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: Aug 21, 2023

प्रतिक्रिया दिनुहोस्