Logo
६ आश्विन २०८१, आईतबार
(August 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार नागरिकको वास्तविक सेवक भएर लाग्नुपर्ने बताएका छन् । सोमबार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रदेश सरकारको समृद्धि अभियानमा केन्द्र सरकारले साथ र‌ सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । जनताको परिवर्तनका लागि सरकार गम्भीर रुपमा लाग्ने छ ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले भने, ‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु । कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद ताजै छ। कर्णाली एउटा सभ्यता हो ।’

उनले कर्णाली करिडोर,‌ कर्णाली राजमार्ग लगायतका ठुला‌ सडक केन्द्र सरकार प्राथमिकतामा परेकाे समेत बताए ‌। उनले भने, कर्णाली करिडोर,‌ कर्णाली राजमार्ग लगायतका ठुला‌ सडक केन्द्र सरकार प्राथमिकतामा परेका छन, चीन सरकारको भ्रमणका क्रममा थप‌ प्राथमिक पाउने गरी म लाग्ने छु । मेरो प्राथमिकतामा कर्णाली र सुदुरपश्चिम प्रदेश छन्।’

प्रकाशित मिति: Aug 21, 2023

प्रतिक्रिया दिनुहोस्