Logo
६ आश्विन २०८१, आईतबार
(August 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरणद्वारा जारी निर्देशिका पालना गर्नु बीमा कम्पनीहरुको कर्तव्य हो : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणद्वारा जारी निर्देशिकाहरु पालना गर्नु बीमा कम्पनीहरुको कर्तव्य भएको बताएका छन् । प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरुसँगको अन्तर्क्रियामा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

नियम-कानुनमा प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीलाई निर्देशन दिँदै उनले भने, ‘प्राधिकरणले जारी गरेका निर्देशिकाहरु पालना गर्नु बीमा कम्पनीहरुको कर्तव्यमात्रै नभई दायित्व पनि हो।’

अध्यक्ष सिलवालले लगानी निर्देशिकाले बीमा कम्पनीहरुलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको बताए। ‘प्राधिकरणले बीमा कम्पनीहरुका सुझाव, तथ्यांकहरुको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरुसमेतका आधारमा देशको आवश्यकताअनुरुप लगानी निर्देशिका जारी गरेको हो’, उनले भने, ‘लगानी निर्देशिका समग्र बीमा कम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगाीका क्षेत्रसमेत खुला गरेको छ।’

अध्यक्ष सिलवालले अब बीमा कम्पनीहरुले बैंकमा मात्रै रकम जम्मा नगरेर लगानी का क्षेत्रको अध्ययन गरी लगानी विविधिकरण गनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: Aug 21, 2023

प्रतिक्रिया दिनुहोस्