Logo
६ आश्विन २०८१, आईतबार
(August 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशिकाले कम्पनीहरुलाई लगानी गर्न केही अप्ठारो पारेको छैन : अध्यक्ष शिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन।

बीमा प्राधिकरणबाट यहीभदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रियाकार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, “प्राधिकरणले बीमाकम्पनीहरूका सुझाव, तथ्यांकहरूको विश्लेषण र अन्तर्राष्ट्यि अभ्यासहरू समेतकाआधारमा देशको आवश्यकताअनुरूपलगानीनिर्देशिकाजारी गरेको हो, यो समग्र बीमाकम्पनीको हितमा छ, निर्देशिकाले संसारमाचलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बीमाकम्पनीहरूले बैंकमामात्र रकमजम्मानगरेर लगानीका क्षेत्रकोअध्ययन गरी लगानीविविधीकरण गर्नुपर्छ ।”

लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोही अनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेरतोकिएको मापदण्ड बमोजिम कम्पनीहरूले कामगर्नुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिक रूपमा पहल गर्नुपर्छ।”

अध्यक्ष सिलवालले संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरू दोहोरिन नदिन, जोखिमको प्रतिवद्धतालाई तलमाथि पर्न नदिन, कूलगार्हस्थ उत्पादनमा योगदान बढ्ने गरी लगानीगर्न, बजार विश्लेषण गरेर शाखाखोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानीगर्न र साना बीमा दाबी प्रदेश कार्यालयबाट नै दिनेगरी अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए।
कानूनबाट प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिदै अध्यक्ष सिलवालले मर्जरमा गएकाबीमा कम्पनीहरूलाई दिने सुविधा, कोरोना बीमाको बाँकी दाबी भुक्तानी र कृषि बीमा अनुदानका बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको जानकारी दिए।

नेपालबीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूको स्थलगत निरीक्षणबाट देखिएका समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

कार्यकारी निर्देशक पौडेलले गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा,उधारो बीमा नियन्त्रण, कृषिबीमा, लगानी विविधीकरण लगायतमा केही सुधारहरू देखिएपनि अझै समस्याहरू रहेको स्थलगत निरीक्षणबाट देखिएको उल्लेख गरे।

कार्यक्रममा नेपालबीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले निर्जीवन बीमा व्यवसाय संचालनमा देखिएका समस्याहरू सम्बन्धी प्रस्तुती गरेका थिए।

यसैगरी, नेपालबीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवारले निर्जीवन बीमा कम्पनीका विद्यमान चुनौतीहरू सम्बन्धी प्रस्तुती गरे।

प्रकाशित मिति: Aug 20, 2023

प्रतिक्रिया दिनुहोस्