Logo
६ आश्विन २०८१, आईतबार
(August 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार अप्ठ्यारोमा परे पनि भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैन : नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनै पनि हालतमा नरोकिने प्रस्ट पारेका छन्।

शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेका भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताएका हुन्।

सरकार अप्ठ्यारोमा पर्छ भनेपनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको उनले बताए।

‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैँ चुप मै चुप भएर बसौँ, पहिला जे छ त्यस्तै गरी चलौँ भन्ने पक्षमा सरकार छैन,’ उनले भने।

मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्।

‘जुन बिन्दुसम्म पदमा बस्छौँ देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौँ। यो अभियान हामी बिसर्जित गर्दैनौं। निरन्तर अगाडि बढाउँछौँ,’ उनले भने।

प्रकाशित मिति: Aug 18, 2023

प्रतिक्रिया दिनुहोस्