Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अभियानमा आन्तरिक विवाद बाहिर नल्याउने माओवादीमा सहमति

माओवादी केन्द्रले घोषणा गरेको तीन महिने विशेष अभियानलाई सफल बनाउन मधेस प्रदेशमा देखिएको आन्तरिक विवादलाई बाहिर नल्याउने सहमति भएको छ ।

मधेस प्रदेशको नयाँ इन्चार्जमा लीलामणि पोखरेल नियुक्त भएसँगै उनले साउन २६ गते प्रदेशका पदाधिकारीसँग पहिलो चरण छलफल गरेका थिए ।

‘अभियानलाई सफल बनाउन पार्टीको आन्तरिक विवादलाई बाहिर नल्याउने सहमति भएको छ’, इन्चार्ज पोखरेलले भने, ‘केन्द्रले दिएको कार्यक्रमलाई योजना बनाएर वडा तहसम्म जान सबै प्रतिबद्ध छन् ।’

सबैका धारणा बुझेर योजना कार्यान्वयनको विषयमा छलफल गरेको जानकारी दिँदै उनले पार्टीका धारणाबारे नेता तथा कार्यकर्तालाई जानकारी गराइएको बताए ।

माओवादीको भर्खर सकिएको केन्द्रीय समिति बैठकले आगामी भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अभियानलाई सफल बनाउन मातहतका कमिटीलाई पार्टीले परिपत्र पठाइसकेको छ ।

उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मात्रिका यादबबीच देखिएको शक्ति सङ्घर्ष र विवाद उत्कर्षमा पुग्दा मधेस प्रदेशमा माओवादी कमजोर देखिएको छ ।

प्रकाशित मिति: Aug 16, 2023

प्रतिक्रिया दिनुहोस्