Logo
६ आश्विन २०८१, आईतबार
(August 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेश मन्त्रीमण्डलको संख्या ६ पुग्यो, मण्डलले लिए राज्यमन्त्रीको शपथ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थपेका छन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ ।

कांग्रेसका गयानन्द मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बनेका हुन् । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

प्रकाशित मिति: Aug 16, 2023

प्रतिक्रिया दिनुहोस्