Logo
६ आश्विन २०८१, आईतबार
(August 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवासको अनुसन्धानमा सरकारलाई अप्ठ्यारो पार्न बाहिरबाट चलखेल हुदैछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशङ्का गरेका छन् ।

बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशङ्का लागेको बताएका हुन् ।

ललिता निवासमा उपप्रधान, मन्त्रीलगायतका हाइप्रोफायलमा अनुसन्धान पुगिसकेको अवस्थामा अदालतले पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरू गम्भीर भएको ‘प्रचण्ड’को भनाइ छ ।

‘उपप्रधानमन्त्री तहमा अनुसन्धान पुगिसकेको बेला अदालतले प्रधानमन्त्री तहमा पनि जाऊ भन्यो यसमा गम्भीर छौँ । अस्ति सचिव पक्राउ परेपछि कसैले सही नै गर्न नमान्ने अवस्था सिर्जना भयो । अहिले अदालतको आदेशपछि मन्त्री-प्रधानमन्त्रीले काम गर्नेरनगर्ने भन्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने, ‘कार्यपालिका-न्यायपालिका र व्यवस्थापिकाको लक्ष्मण रेखालाई अदालतको आदेशले तोड्यो । यस्तो हुँदा कार्यकारीले कसरी फंक्सन गर्ने ?’

प्रकाशित मिति: Aug 15, 2023

प्रतिक्रिया दिनुहोस्