Logo
२६ पुस २०८१, शुक्रबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माण व्यवसायीलाई अर्थमन्त्रीको जवाफः ‘अब यो च्याप्टर बन्द गरौं, रकम भुक्तानी हुन्छ’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्दोलनरत निर्माण व्यवसायीलाई काम सम्पन्न भएका सबै आयोजनाको रकम भुक्तानी हुने स्पष्ट पारेका छन् ।

व्यवसायीबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताएका हुन् ।

निर्माण व्यवसायीको चाँसो र चिन्ता भनेको काम गरेका आयोजनामा बजेट भुक्तानी पाउनुपर्छ भन्ने रहेकोमा त्यो रकम भुक्तानी हुने प्रष्ट्याउँदै उनले भने,‘कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाडैं काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ ।’

हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतको भनाइ छ ।

हाल कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्तो आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्याङ्क ल्याउन पनि अर्थमन्त्री महतले निर्माण व्यवसायीसँग आग्रह गरे ।

प्रकाशित मिति: Aug 14, 2023

प्रतिक्रिया दिनुहोस्