Logo
६ आश्विन २०८१, आईतबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनील शर्माले गृहमन्त्रीलाई आतंककारी भन्दै मागे फेरि राजीनामा

नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माले फेरि पनि गृहमन्त्रीको राजीनामा मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।

‘यो राज्यसत्ताले मुलुकका सुन तस्करका नाइकेहरूको राजीनामा मागेपछि मलाई गिरफ्तार गरियो । यो देशका प्रधानमन्त्री र गृहमन्त्री आतंकाकरीको नेतृत्व गर्नुहुन्छ कि कसको ?’, शर्माले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन र राजीनामा माग्न पाइँदैन भने अनि जनताको अवस्था के हुन्छ ?’

साथै उनले अहिलेको गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै आफू अन्तिमसम्म यही माग अघि सार्ने भन्दै यदि गृहमन्त्रीले राजीनामा नगरे संसदमै अनसन बस्ने घोषणा गरे । शर्मा बोलिसकेपछि सभामुख देवराज घिमिरेले एमालेका मानबहादुर राईलाई बोल्न समय दिए ।

राई बोल्दै गर्दा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका हितराज पाण्डेले शर्माले गृहमन्त्री र प्रधानमन्त्रीलाई आतंककारी भनेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दै आपत्ति जनाए । तर सभामुखले पाण्डेले नियमापत्ति भन्दा पनि प्रतिवाद गरेको भन्दै राईलाई निरन्तर बोल्न निर्देशन दिए ।

प्रकाशित मिति: Aug 14, 2023

प्रतिक्रिया दिनुहोस्