Logo
६ आश्विन २०८१, आईतबार
(August 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी प्रकरणमा गृहमन्त्री असफल भइसके : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री असफल भइसकेको भन्दै रोष्ट्रममा गएर ठूला गफ दिनु अस्वभाविक भएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्रीको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको पनि बताए । उनले प्रश्न गर्दै भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेर पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’

अध्यक्ष ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताए । वहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले एमाले सरकारमा सामेल हुन नचाहेको स्पष्ट पारे । सत्तामा एमालेको ध्यान नभएको बताउँदै उनले एमालेलाई देशको चिन्ता रहेको बताए ।

 

प्रकाशित मिति: Aug 13, 2023

प्रतिक्रिया दिनुहोस्