Logo
७ आश्विन २०८१, सोमबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको नर्सिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न संकल्पसहित सरकार अगाडि बढेको बताएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । नर्सिङ क्षेत्रमा देखिएको समस्या आफूले अग्निपरिक्षको रूपमा लिएको भन्दै उनले नीतिगत सुधार गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

‘नर्सिङ क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसलाई अग्निपरिक्षाका रूपमा लिएको छु । नीतिगत सुधार गरी नर्सिङ सेवामा देखिएका समस्या समाधान गर्ने संकल्प गरेको छु’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सिमावर्ती क्षेत्रका नर्सहरू अर्को देशमा गएर पढ्ने, तालिम लिने र उतै पलायन हुने समस्याले स्वास्थ्य मन्त्रालय, सरकारमाथि ठूलो प्रश्न उठेको बताए ।

उनले संविधानमा व्यवस्था गरेको बमोजिम शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यसम्प्रभुतामा नागरिकलाई सुविधान दिन नसकेको स्वीकार गरे । अब सामाजिक न्याय, सुशासन, समृद्धिसहित सरकार नयाँ यात्रामा लागेको उनले जिकिर गरे ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्