Logo
७ आश्विन २०८१, सोमबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको अवरोधका कारण साउन २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउसो बसेको बैठकको सुरुमै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।

तर सांसद साहले बोल्न थालेपछि सत्तापक्ष सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका थिए । होहल्लाका बीच सांसद साहले आफ्नो भनाई राखेपछि एमाले सांसदहरु नाराबाजी गर्दै सभामुखको आसन घेर्न पुगेका थिए । बैठक प्रारम्भ भएको १५ मिनेटपछि सभामुख घिमिरेले साउन २९ गते दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्