Logo
७ आश्विन २०८१, सोमबार
(August 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता नपाएकाले भोग्नुपरेको दुःखलाई सम्बोधन गर्न नागरिकता ऐन आएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको बताएका छन् । सो नियमावली आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने उनले बताए ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रीपरिषद्मा पेस हुने बताए । उनले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली महिलाले विदेशीसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्ने कुरा संविधान र कानुनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले अङ्गीकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गरे ।

प्रकाशित मिति: Aug 9, 2023

प्रतिक्रिया दिनुहोस्