Logo
२७ पुस २०८१, शनिबार
(August 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृति

संघीय सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मंगलवार बसेको संघीय सरकारको मन्त्रीपरिषद्को बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चारतथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको सजानकारी दिनु भएको हो ।

उहाँले अर्थमन्त्रालयकोप्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताउनु भयो। उहाँले मन्त्रीपरिषद्ले साईवरसुरक्षा नीति पनि स्वीकृत गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थमन्त्रालयको प्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिनेनिर्णय भएको छ । साईवर सुरक्षा नीति स्वीकृत भएको छ । बैंकिङ कसुर तथा सजायसम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।’

उहाँले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेशगर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताउनु भयो ।

प्रकाशित मिति: Aug 8, 2023

प्रतिक्रिया दिनुहोस्