Logo
७ आश्विन २०८१, सोमबार
(August 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदनको अवरोध खुलाउने विषयमा सभामुखसहित शीर्ष नेता पुनः छलफलमा

सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्माओली लगायतको शीर्ष नेताहरु सहभागी छन् ।

यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन । सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।

प्रकाशित मिति: Aug 7, 2023

प्रतिक्रिया दिनुहोस्