Logo
७ आश्विन २०८१, सोमबार
(August 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवासमा ‘प्रचण्ड’ सरकारको निर्णय कार्यान्वयन गरेको हुँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेका छन् ।

नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान लागेको भन्दै सर्वोच्चले आफूमाथि समेत अनुसन्धान गर्नू भनी दिएको आदेश कार्यान्वयन सरकारले कसरी गर्छ भनेर चासो राखेको स्रोतले जनाएको छ ।

नेपालले आफूनिकट नेताहरूसँग लण्डन जानुअघि अनौपचारिक ब्रिफिङ गर्दै बालुवाटारस्थित विशिष्ट व्यक्तिहरूको सरकारी आवास विस्तार गर्ने ‘प्रचण्ड’ नेतृत्वको सरकारको निर्णय आफ्नो पालामा कार्यान्वयन गरिएको विषय आफूले राखेको बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले कुन मितिमा नीतिगत निर्णय भएको थियो भन्ने अहिलेसम्म बाहिर नआए पनि पूर्व प्रधानमन्त्री नेपालले यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारको निर्णय आफूले कार्यान्वयनमा लगेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: Aug 7, 2023

प्रतिक्रिया दिनुहोस्