Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुलजड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि भन्ने गलत भाष्य रहेको बताए ।

सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धविश्वास, रुढीबादी र विभेदमा आधारित रहेको भन्दै गलत भाष्य सृजना गरेको उनको आरोप छ ।

देशको विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्ग चित्र रहेको भन्दै उनले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित मिति: Aug 6, 2023

प्रतिक्रिया दिनुहोस्