Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशासनको कुरा उठाएपछि हामीलाई दुई पटक जेल हाल्न खोजे : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन्।

कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ललिता निवास जस्ता थुप्रै प्रकरणका फाइल खोलिएको बताए।

सरकारले थालेको भ्रष्टाचार विरोधी अभियान सम्पूर्ण भूमाफियाविरूद्धको चुनौती भएको उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले भ्रष्टारविरुद्ध खुलेका सबै फाइल एउटा निचोडमा नपुगेसम्म बन्द नहुने बताए।

उनले सुशासन र समृद्धिको कुरा उठाएपछि पार्टी नेतृत्वविरुद्ध मुद्दा चलाइएको बताए।

‘हामीले सुशासन र समृद्धिको कुरा उठाएपछि हाम्रो पार्टीको नेतृत्वविरूद्ध दुई-दुई पटक गिरफ्तार र जेल हाल्नुपर्छ भनेर मुद्दा हालियो,’ अध्यक्ष प्रचण्डले भने, ‘एक पटक हत्याराका रुपमा र अर्काेपटक बालसिपाही प्रयोग गरेको भनेर।’

अहिले माओवादीको नेतृत्वमा सरकार भएपछि आफूहरूमाथि ठूलो प्रहार भएको उनले बताए।

‘अहिले हाम्रो नेतृत्वमा सरकार भएर सामाजिक न्यायको पक्षमा काम गर्ने संकल्प भएपछि हेर्नुस् त हामीमाथि यति ठूलो प्रहार भयो,’ बैठकमा अध्यक्ष प्रचण्डले भने।

प्रकाशित मिति: Aug 6, 2023

प्रतिक्रिया दिनुहोस्