Logo
७ आश्विन २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।

२२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाउन चाहेनन् ।

अध्यक्ष प्रचण्डले बैठकमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिँदै छ ।

प्रकाशित मिति: Aug 6, 2023

प्रतिक्रिया दिनुहोस्