Logo
७ आश्विन २०८१, सोमबार
(August 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन प्रकरणमा महराले छानबिनका लागि सीआईबीमा निवेदन दिनुपर्छ : लेखनाथ दाहाल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा दाहालले सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताएका हुन् ।

‘दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि उहाँले सीआईबीमा निवेदन दिनुपर्छ’, दाहालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘भ्रष्टाचार र तस्करीको कलंकको भार पार्टीले बोक्न सक्दैन ।’

बैठकमा पदाधिकारीका तर्फबाट बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू पनि सच्चिने र पार्टीलाई पनि सच्चाउँदै लैजाने प्रतिबद्धता जनाए । शुक्रबार बोल्ने धेरैजसो नेताले केन्द्रीय समितिको संख्या २ अंकको बनाउनुपर्ने सुझाव समेत राखेका छन् ।

प्रकाशित मिति: Aug 4, 2023

प्रतिक्रिया दिनुहोस्