Logo
७ आश्विन २०८१, सोमबार
(August 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितको माग गर्दै सूचना विभागमा धर्ना

श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।

महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फर्छ्यौट गर्दै आएको बताए ।

उनले प्रेस रजिस्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवी पत्रकारको हकहितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताए । उनले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताए ।

प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए । उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाई प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: Aug 4, 2023

प्रतिक्रिया दिनुहोस्