Logo
७ आश्विन २०८१, सोमबार
(August 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्तो छ आजको तरकारीको मुल्य, बन्दा १० रुपैयाँमै पाईने

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन १८ गतेको मूल्य सूची सार्वजनिक गरेको छ।

सार्वजनीक मूल्यसूचिअनुसार सबैभन्दा सस्तो बन्दा रहेको छ। आज लोकल बन्दाको प्रतिकेजी न्युनतम मूल्य प्रतिकेजी १० रुपैयाँ मात्रै कायम भएको हो।

त्यस्तै नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९४, घिउ सिमी लोकल ३०,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८,मुडे आलु रातो ४०,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ४५,लौका ४०,हरियो फर्सी ६०,स्कूस ६० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १००, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ६०,तितो करेला ३०,ब्रोकाउली १००, कागती १३० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको छ ।

कुरीलो प्रतिकेजी ३५०,केरा दर्जन १४०,अनार ३२० रुपैयाँ, नासपाती ८०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४५०,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, हरियो धनिया ८०,लसुन हरियो ८०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,रुख कटहर ३०, भेडे खु्र्सानी ६० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Aug 3, 2023

प्रतिक्रिया दिनुहोस्