मधेश प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : जनमतका चन्दन सिंह बने श्रम तथा यातायात मन्त्री
मधेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । योसँगै मन्त्रीपरिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज जनमत पार्टीका चन्दन सिंहलाई श्रम तथा यातायात र कांग्रेसका मोहम्मद समिनलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् ।
नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।