Logo
७ आश्विन २०८१, सोमबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालय खाली गर्न राप्रपाले माग्यो ३५ दिन समय

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन काठमाडौँ महानगरपालिकासँग ३५ दिन समय माग गरेको छ । राप्रपाका केही नेताहरू आजै महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।

महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानून बमोजिम ३५ दिनको समय मागेको हो ।

आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगर प्रहरीसहित डोजर परिचालन भइसकेको छ । अहिले राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगर प्रहरीहरू बालेनको आदेश पर्खेर बसिरहेका छन् ।

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्