Logo
७ आश्विन २०८१, सोमबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने

सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सम्भवतः मंगलबारकै मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्नेछ । र त्यसपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ ।

यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको थियो । त्यो बेलादेखि मस्यौदा अघि बढ्न सकेको थिएन ।

पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताएका थिए । त्यसपछिका शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर त्यसमा परिमार्जन गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्