Logo
७ आश्विन २०८१, सोमबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश निर्माण गर्न सुविधा सम्पन्न जीवनयापन छाडेर आएका छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले आफूले व्यक्तिगत स्वार्थको लागि सबै सुविधा सम्पन्न जीवन छाडेर राजनीतिमा नआएको बताएका छन् ।

रास्वपा सुदूरपश्चिम-काठमाडौँ भेलालाई सम्बोधन गर्दै उनले चर्को आलोचना र गालीगलोजका बीचमा पनि आफूहरू प्रतिबद्ध भएर देश निर्माणको अभियानमा लागिरहेको बताए ।

उनले भने, ‘मलगायत हाम्रा पार्टीका अधिकांश नेताहरू अन्त्यन्त सुविधा सम्पन्न जीवनयापन गरिरहेकै हुनुहुन्छ । ती सबै सुविधालाई छाडेर हामी असिनपसिन, धूलोमैलो, हिलोमाटो, झरीहुरी केही नभनी दिनरात दौडिएका छौँ । व्यक्तिगत स्वार्थ र लाभको लागि भए यति धेरै गर्नुपर्ने नै थिएन । यत्रो आलोचना र गालीगलोजका बीचमा पनि हामी प्रतिबद्ध भएर कम्मर कसेर निस्किएका छौँ ।’

उनले रास्वपाले २०८४ सालपछि आफ्नो नीति कार्यान्वयन गर्न सरकार बनाउनैपर्ने बताए ।

अध्यक्ष लामिछानेले विदेशमा भएकाहरूलाई पनि अहिलेदेखि नै २०८४ को निर्वाचनमा भोट हाल्न आउन आफ्नो काम गर्ने ठाउँमा अहिलेदेखि नै बिदा भनिराख्न आग्रह गरे ।

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्