Logo
७ आश्विन २०८१, सोमबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने भट्टराईको चेतावनी

नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् ।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको बताए । ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’

भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए । ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ एमाले सचिव भट्टराईले भने, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’

यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत एमाले सांसद भट्टराईले बताए । सत्ता पक्षको झै-झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उनले भने, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं ।’

प्रकाशित मिति: Jul 30, 2023

प्रतिक्रिया दिनुहोस्