Logo
७ आश्विन २०८१, सोमबार
(July 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना, दुई जनाको मृत्यु

थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

थानकोटबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो।

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका डिएसपी नारायणप्रसाद अधिकारीले बताए।

उनका अनुसार गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको छ।

गाडी सडकबाट पाँच सय मिटर तल खसेर क्षतविक्षत भएको थियो। गाडी के कारणले दुर्घटना भएको हो भन्नेबारे खुलेको छैन।

प्रकाशित मिति: Jul 28, 2023

प्रतिक्रिया दिनुहोस्