Logo
७ आश्विन २०८१, सोमबार
(July 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई सर्कुलर जारी गरेको छ ।

नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बैठकले सशक्त आन्दोलनको घोषणा गर्ने र त्यसका लागि देशभरका सबै समितिलाई हाई अलर्टमा राख्ने निर्णय गरेको छ ।

देशभर रहेका ४० हजारभन्दा बढी राहत शिक्षकहरू विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । बैठकले हाल संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा नआईकेकोले सरोकारवाला निकायसँग छलफलमा ल्याउन तत्काललाई लविङको माध्यमबाट दबाब सिर्जना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा आएपछि माग सम्बोधन नहुने अवस्था र्सिजना गरिए वा शिक्षा मन्त्रालयले एकलौटी ढंगले क्याविनेटबाट पास गराई संसदमा पेश गरेको अवस्थामा आन्दोलनको चेतावनी दिएको हो । साउन १९ र २० गते हुने भनिएको केन्द्रीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Jul 28, 2023

प्रतिक्रिया दिनुहोस्