Logo
७ आश्विन २०८१, सोमबार
(July 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीमा काँग्रेससँग मिलेर सरकार गठन गर्न खुला छौँ : हिक्मत कार्की

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरूसँग कुराकानी गरिरहेको उनले जानकारी दिए ।

आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘साना-साना दल जान्छन् भने ठूलो दल नजाने भन्ने कुरै हुँदैन । हामी अहिले ४० सिटको दल हौँ । अरु दलहरूसँग हाम्रो कुराकानी भइरहेको छ । कुनै पनि दलको समर्थन प्राप्त हुनेबित्तिकै हामी बहुमतको दाबी १७ गते भित्र गर्छौँ ।’

कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली काँग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरू त्यसको आन्तरिक तयारीमा छन् ।

प्रकाशित मिति: Jul 28, 2023

प्रतिक्रिया दिनुहोस्