Logo
७ आश्विन २०८१, सोमबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध सुन प्रकरण : संसदमा गृहमन्त्रीमाथि प्रश्न उठाउने एमालेको तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि संसदमा प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने एमाले प्रमुख सचेतक पदम गिरीले रातोपाटीलाई जानकारी दिए ।

गिरीले भने– ‘संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा १२ बजे बस्ने संसदीय दलको बैठकले निर्धारण गर्नेछ । क्विन्टलका क्विन्टल सुन तस्करीमा गृह प्रशासन र अर्थमन्त्रालयका कर्मचारीको संलग्नता प्रष्ट देखियो । भन्सारका कर्मचारी र प्रहरीको संलग्नता देखियो । सामान्य कर्मचारीको मात्र संलग्नता हैन भन्ने हाम्रो भनाई हो । यसको जिम्मेवारी मन्त्रीहरुले लिनैपर्छ । यी विषय लिएर हामी संसदमा प्रस्तुत हुन्छौँ ।’

एमालेले उठाएको कुरालाई सरकारले कसरी लिन्छ भोलि र पर्सिका बैठकमा एमाले सोही रुपमा प्रस्तुत हुने प्रमुख सचेतक गिरीले बताए । आज दिँउसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्